www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट शितल निवास फर्किए छन्। उनी पेटमा समस्या आएपछि गत शनिबार अस्पताल भर्ना भएका थिए।

अस्पतालका प्रशासन प्रमुख वैकुण्ठप्रसाद थपलियाद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा राष्ट्रपति पौडेल स्वास्थ्य लाभ गरी आज अस्पतालबाट ‘डिस्चार्ज’ भएको उल्लेख छ ।

राष्ट्रपति पौडेललाई केही समय पूर्णरुपमा आराम गर्न चिकित्सकहरुले सुझाव दिएको जनाइएको छ । यसैबीच राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, त्रिवि शिक्षण अस्पताल परिवार तथा स्वास्थ्य लाभको कामना गर्ने सबैमा धन्यवाद व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।
रासस

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.