www.tandavnews.com
Fact ~ In search of truth

६ वर्षपछि बडिगाड गाउँपालिकाको सेवा आफ्नै भवनबाट

गलकोट।
बागलुङको बडिगाड गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । स्थापनाको छ वर्षपछि आफ्नै अत्याधुनिक सुविधायुक्त प्रशासनिक भवनबाट सेवा दिन थालेको बडिगाड गाउँपालिकाले जनाएको छ ।

भवन निर्माणपछि गाउँपालिकालाई हस्तान्तरण भएपछि यसै सातादेखि सेवा आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन्। भवन निर्माणका स्थानीयले ११ रोपनी जग्गामा निःशुल्क उपलब्ध गराएका थिए ।

बडिगाड गाउँपालिकाको केन्द्र खार बजारमा प्रशासनिक भवन निर्माण गरिएको हो । जिल्लाकै अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवनबाट सेवा दिने बडिगाड गाउँपालिका दोस्रो भएको छ । यसअघि ताराखोला गाउँपाकिलाले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माणपश्चात् सेवा सञ्चालन गरिसकेको छ ।

Batas

“हालसम्म भाडाको घरबाट सेवा दिँदै आएको गाउँपालिकाले अब भने आफ्नै भवनबाट सेवा दिन थालेको छ”, अध्यक्ष अधिकारीले भनिन्, “विषयगत शाखा यसअघि छुट्टाछुट्टै घरमा हुँदा सेवाग्राहीलाई समस्या थियो, अहिले एउटै भवनबाट सबै सेवा दिन थालिएको छ ।”

कोरोनाका कारण सम्झौताभन्दा केही ढिला गरी भवन निर्माण सम्पन्न भएको छ । भवन अपाङ्गमैत्री, भूकम्प प्रतिरोधीलगायतका विशेषता छन् । तीन तले भवनबाट गाउँपालिकाका सम्पूर्ण सेवा प्रवाहका लागि सहज भएको गाउँपालिकाको भनाइ छ ।

भवन निर्माणका लागि रु पाँच करोड २२ लाखको लागतमा २०७७ जेठ १६ मा माउण्डेन कवीन्द्र जेभीसँग निर्माण सम्झौता भएको थियो । अठार महिनामा भवन निर्माण सम्पन्न गर्ने भनिए पनि सम्झौताभन्दा एक वर्षपछि मात्रै निर्माण सकिएको माउण्डेन कविन्द्र जेभीका आधिकारिक प्रतिनिधि उपेन्द्र अर्यालले जानकारी दिए।

दश स्थानीय तह रहेको बागलुङमा अहिले बडिगाड र ताराखोला गाउँपालिकाको मात्रै अत्याधुनिक प्रशासनिक भवन निर्माण गरेका छन् । यसअघि नै जिल्लाको तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकाले प्रशासनिक भवन निर्माण गरेर सेवा थालेको भएपनि उक्त भवन बडिगाड र ताराखोला गाउँपालिकाको जस्तो सुविधा सम्पन्न भने छैन ।

अहिले गलकोट नगरपालिका र जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ भने काठेखोला गाउँपालिकाले जग्गाको टुङ्गो लगाउन सकेका छैनन् । ढोरपाटन नगरपालिकाको प्रशासनिक भगवन भने निर्माणको चरणमा रहेको छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.