www.tandavnews.com
Fact ~ In search of truth

निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ‘निजी क्षेत्रको चासो र माग सम्बोधन गर्न सरकार प्रतिबद्ध  रहेको बताएका छन् ।

राजधानीमा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घको ५७ औँ वार्षिक साधारण सभाको समुद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको क्रियाशीलता र योगदान अझ बढोस् भन्ने चाहेको समेत बताए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘निजी क्षेत्र बलियो र सशक्त नभई मुलुक समृद्ध हुन सक्दैन र दिगो विकासको लक्ष्य प्राप्त गर्न पनि सकिँदैन । यो कुरामा सरकार स्पष्ट छ । के कस्तो सुधार गर्नु पर्छ त्यसको लागि सरकार तयार छ ।’

Batas

उनले निजी क्षेत्रको समस्या राम्ररी बुझेको बताउनुहुँदै आफूले सरकारको नेतृत्व सम्हालेको दिनदेखि नै संकटाेउन्मुख अर्थतन्त्रलाई कसरी चाडै सहज अवस्थामा ल्याउन सकिन्छ भनेर छलफल गरिरहेको बताए।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.