www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी सरकारलाई निर्वाचन आयोगको निर्देशन

पोखरा।
गण्डकी प्रदेश सरकारलाई निर्वाचन आयोगले निर्वाचन पूर्वाधार कार्यक्रम बारे कुनै पनि कार्यक्रम अघि नबढाउन निर्देशन दिएको छ । आम निर्वाचन घोषणा भइसकेपछि संसदलाई बजेट विनियोजन भएकोमा गण्डकी सरकारलाई आयोगले विज्ञप्ति मार्फत निर्देशन दिएको हो ।

आयोगको विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा समावेश भएको ‘पूर्वाधार विकास कार्यक्रम’ प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेश, गण्डकी प्रदेशका मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय र गण्डकी प्रदेशका प्रमुख सचिवले कार्यान्वयन नगर्ने/नगराउने ।’
आयोगले भनेको छ, ‘‘आसन्न निर्वाचनका प्रक्रिया सुरु भइसकेको अवस्थामा निर्वाचनको निष्पक्षतालाई असर पुग्ने गरी कुनै पनि कार्यक्रम सञ्चालन गर्नु स्वभाविक मान्न सकिँदैन । अझ वितरणमुखी कार्यक्रमले त निर्वाचनको स्वच्छतामा नै प्रश्न उठाउन सक्ने देखिन्छ ।’’

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.