www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेससँगको वार्ता समाप्त भयो : गोविन्दराज जोशी

तनहुँ ।
नेपाली कांग्रेस स्वतन्त्र अभियान चलाउँदै आएका पूर्वमन्त्री गोविन्दराज जोशीले नेपाली काँग्रेससँगको वार्ता आजदेखि समाप्त भएको घोषणा गरेका छन्।

कांग्रेस नेताहरूसँगको वार्ता झुक्याउने प्रयत्न मात्र भएको भन्दै  जोशी समूहले आफूहरू विरुद्धको  कारबाही फिर्ता भयो भनेर कांग्रेसले झुटो प्रचार गरेकाे आराेपसमेत लगाएकाे छ ।

आज एक विज्ञप्ती जारी गर्दै काङ्ग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता आफुहरुलाई झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल र अपमान गर्ने प्रयत्न भएको महसुस गरेका उल्लेख गरेकाे हाे।

Batas

‘नेपाली काङ्ग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको हाम्रो वार्ता हामीलाई झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौँ । आजदेखि नेपाली काङ्ग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा समेत गर्दछौँ ।’ जोशी समूले एक विज्ञप्ति जारी गरी स्पष्ट पारेको छ ।

कारबाही फिर्ता भन्ने काँग्रेसको वक्तव्यले नेपाली काङ्ग्रेस तनहुँको समस्या समाधान नगरी अझ झन् बल्झाएको भन्दै जोशी समूहले वैशाख १० गते सम्पन्न हुने उप-निर्वाचनमा स्वतन्त्र भई विवेक प्रयोग गर्न आफ्ना समर्थक शुभेच्छुकलाई आग्रह गरेको छ ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.