www.tandavnews.com
Fact ~ In search of truth

अपाङ्गता सन्जाल वडा न ६ को आयोजनामा एक दिने अभीमुखीकरण कार्यक्रम सम्पन्न

पाेखरा।
अपाङ्गता सन्जाल वडा न ६ को आयोजनामा एक दिने अभीमुखीकरण कार्यक्रम पोखरा बैदाम लेकसाइडमा सम्पन्न भएको छ । उक्त कार्यक्रम पोखरा महानगरपालिका वडा न ६ को आर्थिक सहयोग तथा सिबीआरस पोखराको समन्वयमा भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथी वडा न ६ का जनप्रतीनिधी वडा सदस्य बासुदेव बरालले वडामा बसोबास गर्ने अपाङ्गता भएर जीवन बाँच्न बिवश भएका सबै वडासारीहरुलाई वडा न ६ ले सक्दो सहयोग गर्ने प्रतीबद्दता ब्यक्ती गरेका थिय । यसैक्रममा अपाङ्गता वडा सन्जालका सल्लाकार लीलाधर अधिकारीले अपाङ्गता भएर जीवन बाचीरहेका सम्पुर्ण ब्यक्तीहरुले मानब भएर जीवन बाँच्न पाउने वातावरण बनाइदिने राज्यको कर्तब्य रहेकेा बताए। साथै राज्यले काम गर्न सक्ने अपाङ्गता भएका ब्यक्तीहरुलाई रोजगारीको सृजना गरिनु पर्नेमा जोड दिए ।

सिबीआरयसकी दिव्यस्वरी भण्डारीले सम्पूर्ण अतिथी तथा सहभागीहरुलाई स्वागत गर्ने क्रममा वडाले आफ्नो वडा भित्र बसोबास गर्ने हरेक प्रकारका अपाङ्गता भएर जीवन बाचिरहेकाहरुलाई बिशेष ध्यान दिनु पर्ने कुरामा जोड दिइन ।

Batas

अभीमुखीकरण कार्यक्रमको सहजीकरण गर्न सिबीआरस पोखराबाट आएका बिदुर कोइरालाले अपाङ्गताका प्रकारहरु, अपाङ्गता हुने कारणहरु बारे प्रष्ट पार्नुका साथै अपाङ्गता हुनबाट जोगिने बिभिन्न उपायहरु बारे बताएका थिए । सस्थाका अध्यक्ष बिष्णु अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रम सस्थाका सचिब खिम लामिछाने काजीले सन्चालन गरेका थिए ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.