www.tandavnews.com
Fact ~ In search of truth

भाइरल ज्वराेकाे कारण एमाले अध्यक्ष ओली अस्वस्थ

नेकपा(एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भाइरल ज्वराेकाे कारण अस्वस्थ भएका छन् । उनले सामाजिक सञ्जाल मार्फत एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको जानकारी दिएका हुन् ।

अध्यक्ष ओलीले वैशाख १०मा हुने उपनिर्वाचनमा चुनावी अभियानमा सहभागी हुने इच्छा भए पनि स्वस्थ्यका कारण सहभागी हुन नसक्ने बताएका छन् ।

एमाले अध्यक्ष ओलीकाे स्टाटस :

Batas
सबैलाई नमस्कार !
भाईरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ । अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागि हुन सकिरहेको छैन ।
तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं । तपाईंहरुको प्रतिनिधित्वका लागि उहाँहरु योग्य उम्मेदवार हुनुहुन्छ । उहाँहरुलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाताहरु समक्ष म विनम्र आग्रह गर्दछु । स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा म तपाईंहरुलाई भेट्न आउने नै छु । तीनैजना उम्मेदवाारहरुलाई विजयको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.