www.tandavnews.com
Fact ~ In search of truth

रिक्त प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन तीन दल सहमत

काठमाडौँ।

प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्षनेताहरूबीच सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा संवैधानिक परिषद्को बैठकबाट सिफारिस गर्ने सहमति भएको छ ।

लामो समेदेखि उक्त पद रिक्त रहेको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलमा सो सहमति भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए।

Batas

नेता लेखकले सो पदमा नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री दाहालले प्रस्ताव गर्दा एमाले अध्यक्ष ओलीले सहमति जनाएको बताए। परिषद्को सिफारिसबारे संसदीय सुनुवाइ भएपछि नियुक्ति हुनेछ ।

उनले संसद्मा विचाराधीन सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनसम्बन्धी ऐन, २०७१ को संशोधन विधेयक, संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई अघि बढाउने विषयमा पनि छलफल भएको बताए।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.