www.tandavnews.com
Fact ~ In search of truth

सैनिक आचारसंहिता कार्यक्रम शुभारम्भ

काठमाडौँ।
नेपाली सेनाको सङ्गठनमा रहेका सम्पूर्ण जनशक्तिलाई पदमा रहँदा तथा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने गतिविधि एवं सैनिक आचारणका बारेमा सु–सूचित गराउन आचारसंहिता कार्यक्रम सञ्चालन गरिएको छ ।

सेनाको सकल दर्जालाई अनुशासित, नैतिकवान र जिम्मेवारीपूर्ण सिपाहीको पहिचान कायम राख्न एवं सैनिक आचारसंहिता सङ्ग्रहमा उल्लिखित विषय प्रशिक्षित तुल्याउने उद्देश्यले सेनाले दुई दिवसीय कार्यक्रम गरेको हो । सेनाले प्रत्येक वर्ष नववर्ष प्रारम्भसँगै यस्तो कार्यक्रम गर्दै आएको छ ।

बलाध्यक्ष रथी सीताराम खड्काले आज कार्यक्रमको शुभारम्भ गर्दै सेनाको सबै तहसम्म आचारसंहिताबारे ज्ञान अभिवृद्धि तथा सकल दर्जालाई अनुशासित र व्यावसायिक फौज निर्माण गर्नु कार्यक्रमको उद्देश्य रहेको बताए।

Batas

प्रधानसेनापति प्रभुराम शर्मा सैनिक मुख्यालय जङ्गी अड्डामा सञ्चालित कार्यक्रम समापन समारोहमा बुधबार सहभागी हुन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.