www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा सुजुकीले नयाँवर्षमा ल्यायो ‘ह्याप्पी न्यू कार अफर’

पाेखरा।
सुजुकी गाडीको गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता बतास व्रदर्शले नेपाली नयाँवर्ष २०८० लाई लक्ष्य गरी ‘ह्याप्पी न्यू कार अफर’ अफर ल्याएको छ । यसबाट बजार प्रवद्र्धनमा मद्धत पुग्ने विश्वास कम्पनीको छ ।

यही वैशाख महिनासम्म जारी रहने अफरमा जुनसुकै सुजुकी गाडी खरिदमा ग्राहकले रु दुई लाख ५० हजारसम्म नगद छुट प्राप्त गर्ने सुजुकीका बिक्री प्रवन्धक नवराज अधिकारीले बताए। यसैगरी पुरानो गाडी साटफेरमा रु एक लाख ५० हजारसम्म एक्सचेञ्ज बोनस र एक वर्षका इन्स्यारेन्स प्राप्त हुनेछ ।

अधिकारीले भने ,“हाल विभिन्न कारणले प्रभावित बनाएको अटो व्यवसायलाई नयाँ बर्ष स्किमले व्यवसाय विस्तारमा ठूलो मद्धत पुग्ने र ब्राण्ड प्रवद्र्धन र बिक्री बढाउन अफर फलदायी रहने विश्वास लिएका छौँ।”
सुजुकीले विभिन्न अवसर पारेर छुट र अफर ल्याउने गरेको छ ।

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.