www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपतिको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं।
भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

बिहीबार दूतावासले विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र स्वास्थ्य परीक्षण रिपोर्ट सकारात्मक आएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘‘राष्ट्रपतिज्यूको स्वास्थ्य परीक्षणको रिपोर्ट सकारात्मक आएको र उहाँको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।’’

Batas

उनको ९ दिनदेखि भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भइरहेको छ।

स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति पौडेल वैशाख ६ गते उपचारका लागि भारतको नयाँ दिल्ली गएका हुन्। यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.