www.tandavnews.com
Fact ~ In search of truth

हेम्जाको गौरीशंकर क्याम्पसमा मुक्तिनाथ बैंकको वित्तिय साक्षरता कार्यक्रम

पोखरा।
पोखरा महानगरपालिका वडा नं. २५मा रहेको गौरीशंकर बहुमुखी क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । मुक्तिनाथ विकास बैंकको आयोजनामा क्याम्पसका छात्रछात्रालाई वित्तिय साक्षरता सम्बन्धि जानकारी दिन कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा मोवाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, क्युआर कोड र आसबा सेवाहरुको बारेमा जानकारी र अध्ययन गराइएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख कृष्ण प्रसाद पौडेलले अत्यन्तै महत्वपुर्ण र जीवन उपयोगी कार्यक्रम सञ्चालन गरेकोमा बैंकलाइृ धन्यबाद ब्यक्त गरेका थिए । उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमको अपेक्षा गरेको बताए ।

विद्मार्थीे स्वेता श्रेष्ठले यस कार्यक्रम विद्यार्थीहरुलाई उपयोगी रहेको र दैनिक कक्षा शिक्षण भन्दा फरकपन पाएको बताइन् । “मेरो बैंक तपाईको बैंक हामी सबैको बैंक मुक्तिनाथ विकास बैंक र आजको आवश्यकता बिद्यार्थीमा बित्तिय साक्षरता” भन्ने नाराको साथमा आयोजना गरिएको कार्यक्रममा बैंक कर्मचारी, शिक्षक, विद्यार्थी गरी ४५ जनाको उपस्थिति रहेको थियो ।

Batas

लघुवित्त बैंकिङ्ग कार्यक्रम अझ बढी प्रभावकारी र सशक्त रुपमा स्थापित गरेको यस बैंकले ग्रामिण तथा शहरी क्षेत्रमा वसोवास गर्ने विपन्न तथा न्युन आय भएका महिलाहरुलाई आर्थिक तथा सामाजिक रुपमा सबल बनाउदै आएको छ । बैंकले शाखा कार्यालय पोखरा महानगरपालिका–२५ र वरपरका २ गाउँपालिकालाई कार्यक्षेत्र बनाई आधुनिक तथा लघुवित्त सेवा प्रदान गदै आएको छ ।

यस क्षेत्रका लघुवित्त कार्यक्रम अन्तर्गत कुल घरधुरी मध्ये २ हजार ७ सय ७३ घरधुरी लाई १ सय ५७ वटा केन्द्र स्थापना गरी ३ हजार १ सय ०८ परीवारलाई लघु कर्जा तथा आधुनिक बैकिङ्ग तर्फ १० हजार २ सय ५० सेवाग्राही रहेकोमा २ सय ६७ जना लाई कर्जा लगानी गरी सफल व्यबसायी बनाएको छ ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.