www.tandavnews.com
Fact ~ In search of truth

दुर्लुङ कोटमा प्रभुको क्युआर कोड

पोखरा
ताण्डव न्युज ।
प्रभु बैंक कुश्मा शाखाले पर्वतको दुर्लुङ कोटलाई क्युआर कोड हस्तान्तरण गरेको छ । शाखा प्रमुख लक्ष्मीप्रसाद पौडेलको टोलीले पर्यटकीय दुर्लुङ कोट पुगी कोट व्यवस्थापन समितिलाई शुक्रबार क्युआर कोड हस्तान्तरण गरेको हो ।

कोड हस्तान्तरण कार्यक्रममा कुश्मा नगरपालिका–३ का वडाअध्यक्ष तेजप्रसाद पाध्या, कोट व्यवस्थापन समितिका अध्यक्ष सुकबहादुर गुरुङ, उपाध्यक्ष मनकुमारी गुरुङ, सचिव बालकृष्ण शर्माको सहभागीता रहेको थियो ।

प्रभु बैंक शाखा प्रमुख पौडेलले क्यूआर कोडको प्रयोगबाट नगद कारोबारको जोखिमलाई न्यूनीकरण गरी सुरक्षित रुपमा डिजिटल बैंकिङ कारोबार गर्न सहज हुने बताए ।

Batas

वडाअध्यक्ष तेजप्रसाद पाध्याले नगद भन्दा डिजिटल प्रविधिले आर्थिक कारोबारमा सहज बनाएको बताए । कोट व्यवस्थापन समितिका सचिव बालकृष्ण शर्माले दुर्लुङ कोटलाई सहयोग गर्न चाहानुहुनेलाई अव क्युआर कोड प्रदान गरिने बताए । क्युआर कोडबाट संस्थाको खातामा सिधै जम्मा हुने हुँदा आर्थिक पारदर्शी हुने उनले बताए ।

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.