www.tandavnews.com
Fact ~ In search of truth

आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौँ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए।

काठमाडौँमा भने हिजो बेलुकापछि पानी पर्न रोकिएको भए पनि आज पनि हिजोको जस्तै गरी पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताए। उनका अनुसार आज काठमाडाँैसहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । काठमाडाैँ उपत्यकामा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो २० घन्टाको तथ्याङ्कानुसार सबैभन्दा धेरै वर्षा काठमाडाैँ उपत्यकामा भएको छ । काठमाडौँ उपत्यकामा यो अवधिमा ४३ मिलीमिटर पानी परेको तथ्याङ्कले देखाएको छ । पश्चिमीसँगै स्थानीय वायु सक्रिय हुँदा देशभरको मौसम बदली भएको छ । हिजोदेखि धेरै ठाउँमा पानी परिरहेको छ ।

Batas

भोलि सोमबार पनि मधेस प्रदेशका एक–दुई ठाउँमा हावाहुरी चल्ने तथा केही ठाउँमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.