www.tandavnews.com
Fact ~ In search of truth

सांसद भण्डारी आज नेपाल फर्किदै

काठमाडौँ ।
सांसद चन्द्रकान्त भण्डारी आज स्वदेश फर्किदै छन्।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुदाँ आगालागीमा परी गम्भीर घाइते हुनुभएका भण्डारी झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि आज (आइतबार) स्वदेश फर्कन लागेका हुन्।

भण्डारी दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लाग्नुभएको हो । उहाँ साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अबतरण गर्नेछन्।

Batas

नेपाली कांग्रेसका नेतासमेत रहेका प्रतिनिधिसभा सदस्य भण्डारी झन्डै तीन महिनादेखी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत थिए।

सो आगलागीमा परी सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.