www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री प्रचण्डसँग सभापति लामिछानेको भेटवार्ता

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

Batas

भेटमा सभापति लामिछानेले भ्रष्टाचार र अनियमितताका विरुद्ध सरकारले अगाडि बढाएको अभियानमा आफ्नो पूर्ण साथ र समर्थन रहेको बताएका थिए । यस्तै, उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको कामलाई तार्किक निष्कर्षमा पु¥याउन आफ्नोतर्फबाट साथ रहने बताएका थिए।

रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.