www.tandavnews.com
Fact ~ In search of truth

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा

काठमाडौँ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसले देशभर बदली रहनुका साथै अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित हल्का वर्षा भइरहेको प्रभावले बदली र वर्षा गराएको अहिले कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली रहनुका साथै केही स्थानमा छिटपुट वर्षा भइरहेको छ ।

Batas

दिउँसो देशभर पूर्णतया बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत समभावना छ । कोशी, मधेश र बागमती प्रदेशका तराईका केही स्थानमा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.