www.tandavnews.com
Fact ~ In search of truth

पोखरा मणिपालद्धारा ‘पिजी २०२२ ब्याच’लाई स्वागत

पोखरा ।

पोखरा मणिपाल शिक्षण अस्पतालले पोष्ट ग्राचुएट २०२२ ब्याचका विद्यार्थीहरुलाई स्वागत गरेको छ । आज अस्पतालको अडिटोरियम हलमा कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई स्वागत गरिएको हो ।

विद्यार्थीलाई स्वागत गर्दै अस्पतालका सिइओ अनिल ओडुविलले मणिपालले देशको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय प्रभाव पारेको उल्लेख गर्दै विद्यार्थीलाई मन, वचन र कर्ममा सकरात्मक भएर अघि बढ्न सुझाए ।

Batas

अस्पतालका निर्देशक डा. अभिषेक मास्केले मणिपालबाट उत्तिर्ण विद्यार्थी विश्वका विभिन्न प्रतिष्ठित स्वास्थ्य संस्थामा आबद्ध रहेकोे जनाउँदैे संस्थालाई थप भौतिक एवं प्राविधिक रुपमा अब्बल बनाउन व्यवस्थापन लागिरहेको बताए । स्वास्थ्योपचार र अध्ययनका लागि मणिपालले उत्कृष्टता हासिल गरेको बताउँदै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै थप उत्कृष्ट बनाइने प्रतिबद्धता ब्यक्त गरे ।

सो अवसरमा जयबहादुर खत्री, जिवनाथ न्यूरे लगायत अस्पताल प्रशासन, व्यवस्थापक, हेड अफ डिपार्टमेन्ट , लगायतका पदाधीकारीहरुको सहभागिता रहेको थियो ।

ब्याच २०२२मा हाल ३० विद्यार्थी रहेका छन् । मणिपालले विभिन्न १७ वटा डिपार्टमेन्टमा अध्यापन गराउँदै आइरहेको छ ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.