www.tandavnews.com
Fact ~ In search of truth

श्रीलङ्काले थप ३०० वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटायो

कोलम्बो ।

श्रीलङ्का सरकारले विद्युतीय उपकरण, सरसफाईसम्बन्धी र खाद्य सामग्रीलगायत ३०० भन्दा बढी वस्तुको आयातमा लगाइएको प्रतिबन्ध लाई खुकुलो बनाएको छ । राष्ट्रपति रानिल विक्रमासिङ्घेद्वारा वित्त, आर्थिक स्थिरिकरण र राष्ट्रिय नीति मन्त्रीको रूपमा जारी गरिएको राजपत्र अधिसूचनापछि यो नयाँ नीति शुक्रवारदेखि लागू भएको हो ।

श्रीलङ्का सरकारले सन् २०२२ को अगष्टमा एक हजार ४६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो तर तीमध्ये ८०० भन्दा बढी वस्तुमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो ।

Batas

सन् २०२२ मा श्रीलङ्काको कुल आयात खर्च १८ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको र सन् २०२१ को तुलनामा ११.४ प्रतिशतले कमी आएको सरकारी तथ्याङ्कले देखाएको छ ।

श्रीलङ्काको केन्द्रीय बैंकले सन् २०२२ को अधिकांश समय अत्यावश्यक बाहेकका आयातमा प्रतिबन्ध लगाउने उपायका कारण बजारमा तरलताको अभाव कायम रहेकाले यो निर्णय गरिएको जनाएको छ । श्रीलङ्काका वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले अमेरिकी डलरको उपलब्धतामा भएको सुधारको परिणामस्वरुप आयात प्रतिबन्धलाई थप खुकुलो बनाउने निर्णय भएको बताए।

रासस/सिन्ह्वा

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.