www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी बोर्डिङमा पाेखरा मनिपालको निशुल्क हेल्थ क्याम्प

पोखरा ।

पोखरा-१६ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । पोखरा मनिपाल शिक्षण अस्पतालको सहजिकरणमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

Batas

आइतबार स्कुलमा सञ्चालित शिविरमा पोखरा मनिपाल शिक्षण अस्पतालका बालरोग, नाक/कान/घाँटी, मनोसामाजिक परामर्श, जेनेरल फिजीसियन, चर्मा रोग लगायतकाे विशेषज्ञको टोलीले विद्यार्थीको स्वास्थ्य जाँच गरेको थियो ।

यसअघि स्कुल एसेम्ब्लीमा बालरोग विशेषज्ञ डा सहिष्णुता बस्नेतद्धारा स्कुलका विद्यार्थी तथा स्टाफहरुलाई हात धुने तरिका लगायत ह्याण्ड हाइजिनको बारेमा जानकारी गराइएको थियो ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.