www.tandavnews.com
Fact ~ In search of truth

रामनगरमा गोली चल्दा एकको मृत्यु

सर्लाही ।

रामनगर गाउँपालिकामा आज बिहान नेकपा र काङ्ग्रेस कार्यकर्ताबीच झडप हुँदा गोली लागेर एक जनाको मृत्यु भएको छ ।

गोली लागेर नेपाली काङ्ग्रेसका कार्यकर्ता रामनगर गाउँपालिका–४ बहुअर्वाका ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ६ः३० बजे गोली प्रहारबाट महतोको आफ्नै घर अगाडि मृत्यु भएको काङ्ग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले जानकारी दिए ।

Batas

गोलको छर्रा लागेर तथा झडपमा परेर सात जना घाइते भएका छन् । घाइते लिन पुगेको एम्बुलेन्समा समेत तोडफोड भएको छ । दश घरको खरले छाएको छानासमेत फुटाइएको छ । अन्य घाइतेको स्थानीयस्तरमा उपचार भइरहेको छ ।

सो स्थानमा सोमबार मात्रै काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष रामनरेश महतोमाथि आक्रमण भएको थियो । आक्रमणबाट वडाध्यक्ष महतोको टाउकामा गहिरो चोट लागेको तथा बायाँ खुट्टा भाँच्चिएको छ ।

आज बिहान गोली लागेर मृत्यु भएका रामविलास घाइते वडाध्यक्षकै काका हुन् । घटनास्थलमा अझै तनाव कायम रहेको प्रहरीले जनाएको छ । गोली चलेको ठाउँ आसपास अहिले व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए ।

गोली प्रहार गर्ने व्यक्तिको पहिचान र खोजी गर्ने काम भइरहेको उनले बताउनुभयो । काङ्गे्रस र नेकपाका कार्यकर्ताबीच विवाद हुँदा गोली चलेको बताइए पनि घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)
–––

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.