www.tandavnews.com
Fact ~ In search of truth

लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा कास्की प्रशासन र रिकभरिङ नेपाल गण्डकीको प्रभातफेरी

पोखरा ।

लागुऔषध दुरुपयोग तथा ओसारपोसारविरुद्ध सचेतना जगाउन पोखरामा प्रभातफेरी निकालिएको छ । लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरी गरिएको हो ।

रिकभरिङ नेपाल गण्डकीसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा आयोजित प्रभातफेरी पृथ्वी चोकस्थित गोलघरबाट सुरु भई सभागृहसम्म पुगेको थियो ।

Batas

सो अवसरमा बोल्दै जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख बासुदेव घिमिरेले लागुऔषधको दुरुपयोगले परिवार, समाज र राष्ट्रलाई नै क्षती हुने बताए । घिमिरेले लागुऔषध दुरुपयोग न्यूनिकरणका लागि राज्य, सरोकारवाला निकाय लगायत सम्पूर्ण सामाजिक संघसंस्था हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

कास्कीमा रहेका १७ वटा लागुऔषध उपचार तथा पुनःस्थापना केन्द्रहरुले लागुऔषध न्यूनीकरण र रोकथामका लागि सह्रानिय कार्य गरेको भन्दै घिमिरेले केन्द्रहरुलाई कदर पत्र प्रदान गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक तिलक मानन्धरले लागुऔषध रोकथामको विषयमा कविता वाचन गरेका थिए ।

यस्तै लागु पदार्थ नियन्त्रण तथा समाज सुधार आमा समूहकी अध्यक्ष कल्पना आचार्य बास्तोलाले युवा नै दशेको मुल शक्ति रहेको स्मरण गर्दै युवाहरुलाई सकरात्मक बाटोमा अघि बढाउनु सबैको दायित्व भएको बताइन् ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, जिल्ला प्रहरी कार्यालय प्रमुख अजय के.सी, शसस्त्र प्रहरी बल कालिका गण प्रमुख धन बहादुर बानियाँ,रिकभरिङ नेपाल गण्डकी प्रदेशका विकास बरुवाल क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका संयोजक रिकभरिङ नेपाल गण्डकीका चेतन मल्ल रहेका थिए ।

कास्की प्रशासनका प्रमुख घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिकभरिङ नेपालका केन्द्रिय अध्यक्ष दिलिप गुरुङको स्वागत रहेको थियो भने कार्यक्रम सञ्चालन हाम्रो परिवार नेपालका प्रमुख शिव न्यौपानेले गरेका थिए ।

 

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.