www.tandavnews.com
Fact ~ In search of truth

कास्कीमा नदि तथा खानीजन्य पदार्थको उत्खनन् बन्द गर्ने निर्णय कडाइका साथ लागू गरिने

पोखरा ।

कास्की जिल्लामा नदि तथा खानीजन्य पदार्थको उत्खनन् कार्य बन्द गर्ने निर्णय गरिएको छ। नदि तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समिति अध्यक्ष एवं जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न समितिको बैठकले सो निर्णय गरेको हो।

बैठकबाट नदिजन्य पदार्थ उत्खनन् सम्बन्धि संघिय मापदण्ड पहिलो संसोधन २०७९ को दफा ४ को १६ नम्बर बुँदा बमोजिम आषाढ देखि भाद्र मसान्तसम्म सबै किसिमको उत्खनन् कार्य बन्द गर्नुपर्ने उल्लेख भए अनुसार सो कार्य कडाइका साथ लागू गर्न जिल्ला प्रशासन कार्यालय र सबै स्थानीय तहहरूलाइ पत्राचार गर्ने निर्णय गरिएको छ।

Batas

साथै सम्पूर्ण पालिकाहरूलाई नदिजन्य पदार्थको मौज्दात प्रमाणित गराइ सो को जानकारी सात दिन भित्र जिल्ला अनुगमन समितिलाई उपलब्ध गराउन आग्रह गरिएको छ।

सात दिन भित्र मौज्दात विवरण उपलब्ध नगराएको पाइएमा बिक्रीवितरण गर्न नपाउने कार्यलाई कडाइका साथ लागू गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताए ।

निर्णय कार्यान्वयन भए नभएको कडाइका साथ अनुगमन हुने भन्दै कास्कीका कतिपय स्थानमा उल्लेखित मापदण्ड बिपरित उत्खनन जारी रहेको पाइएको हुँदा नियम पालना नगर्नेलाई कानुन अनुसार कारबाहीको दायरामा ल्याइने जिल्ला अनुगमन समितिका सदस्य सचिव एवं कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले बताए ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.