www.tandavnews.com
Fact ~ In search of truth

कास्की कारागारका महिला कैदीबन्दीलाई रोट्रयाक्ट पोखरा फिस्टेलको ‘सेनेटरी प्याड’

पोखरा ।

स्थापना दिवसको अवसरमा रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलले कास्की कारागारमा रहेका ५० बढी महिला कैदीबन्दीहरुलाई सेनेटरी प्याड हस्तान्तरण गरेको छ । सन् २००७ जुन २९ मा स्थापना भएको क्लबले आफ्नो १७ औं स्थापना दिवस को अवसरमा सेनेटरी प्याड वितरण गरेको हो ।

वर्ष ०२२÷०२३ कि अध्यक्ष डिम्पल क्षेत्रीले कार्यक्रममा आफूहरु पनि सबै महिला मात्रै रहेको र बिशेषतः स्वास्थ्य क्षेत्रमा रहेको महिलाहरु रहेकाले महिलाहरु जुन जस्तो ठाउँमा भएपनि स्वास्थ्य महत्वपूर्ण कुरा रहेकाले आफूहरुले सचेतना साथसाथै सेनेटरी प्याड र टिसर्ट हस्तान्तरण गरेको बताइन् ।

Batas

कार्यक्रममा कारागार प्रमुख भिमराज घिमिरे, सुशिल घिमिरे ,नाइके साथै क्लवका सदस्यहरुको उपस्थिति थियो।

उक्त कार्यक्रम पश्चात् क्लबले आफ्नो ९ संस्थापक सदस्यहरु मध्ये उपस्थित विमला भण्डारी, विष्णु सुवेदी र रोशनी शर्मालाई सम्मान गरेको थियो ।

कार्यक्रम संयोजक एलिसा आचार्यको संयोजकत्वमा भएको कार्यक्रममा अध्यक्ष डिम्पल क्षेत्रील आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिन् ।

 

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.