www.tandavnews.com
Fact ~ In search of truth

पोखरा विजयपुरमा शव फेला,म्याग्दीमा सडेगलेको अवस्थामा शिशुको शव भेटियो

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा एक व्यक्तिको शव फेला परेको छ ।

पोखरा महानगरपालिका ( १४ मझेरीपाटन खाने पानी ट्याङकी नजिकै बिजयपुर खोला किनारमा शव फेला परेको प्रहरीले जानकारी दिएको छ। अन्दाजी ३०÷३५ वर्ष देखिने मृत पुरुषको नाम थर खुल्न सकेको छैन ।

Batas

यस्तै म्याग्दीमा एक नवजात शिशुको शव फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । बेनी नगरपालिका–७ स्थित कालिगण्डकी नदीको किनारमा पहिचान नखुलेको शिशुको शव सडेगलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

दुवै घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.