www.tandavnews.com
Fact ~ In search of truth

ताण्डव प्रभाव : ग्लोबल मेनपावरले फिर्ता गर्‍यो श्रेष्ठको रकम

पोखरा
ताण्डव न्यूज ।

पोखरा नागढुङ्गामा रहेको ग्लोबल ईन्टरनेशनल रिक्रुटमेन्ट प्रालि मेन पावरले देउ बहादुर श्रेष्ठको सम्पुर्ण रकम फिर्ता गर्ने भएको छ ।

सुरक्षित आप्रवास (सामी) परियोजना सूचना तथा परार्मश केन्द्र परियोजना कास्कीको सहयोगमा ताण्डव न्यूजले यसबारे आज (बुधबार) दिउँसो समाचार प्रकाशन गरेको थियो ।

Batas

समाचार प्रकाशन गरेपछि उक्त मेनपावरका सञ्चालक राम थापा सामी परियोजनाकी कास्की संयोजक माया गुरुङ र ताण्डव न्यूजको सम्पर्कमा आए ।

उनले श्रेष्ठको १ लाख ६० हजार मध्ये १ लाख आज बुझाएका छन् भने बाँकी रकम र पासपोर्ट शुक्रबार बुझाउने बताए ।

‘देउ बहादुरको सबै रकम फिर्ता गर्छु । यदि हाम्रो मेनपावरबाट वैदेशिक रोजगारीमा गएर भनेजस्तो भएन वा ठगिएको भए म लागत बेहोर्न तयार छु’ उनले प्रतिबद्धता जनाए ।

६ महिना अघि कतार लैजाने भन्द ग्लोबल मेन पावरले देउ बहादुर श्रेष्ठसँग १ लाख ६० हजार रुपैयाँ लिएपनि अझैँसम्म नपठाएको भन्दै पीडितले सामी परियोजनामा उजुरी दिएका थिए ।

यो पनि पढ्नुहोस्

ग्लोबल ईन्टरनेशनल रिक्रुटमेन्ट मेन पावरको ठगी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.