www.tandavnews.com
Fact ~ In search of truth

छेन्दु-पोखरा उडान गर्न सिचुवान एयरलाइन्स सकारात्मक : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिचुवान छेन्दुबाट नेपालका नयाँ विमानस्थलमा उडान गर्न एयरलाइन्सले सकारात्मक जवाफ दिएको बताएका छन् । उनले छेन्दु–काठमाडौँ रुटमा दैनिक उडान सङ्ख्या थप गर्न र पोखरा तथा भैरहवा विमानस्थलमा व्यावसायिक उडान गर्न आग्रह गरिएको जानकारी दिए ।

पाँचदिने चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका उनले  एयरलाइन्सका पदाधिकारीसँग छलफल भएको जानकारी दिँदै भने “छेन्दु–काठमाडौँ दैनिक उडान गर्न अनुरोध गरेको छौँ । त्यसमा उहाँहरुले सकारात्मक वचन दिनुभएको छ । छेन्दु–पोखरा र छेन्दु–भैरहवा व्यावसायिक उडानका निम्ति आग्रह गरेको छौँ । त्यसमा उहाँहरुले पोखरामा अलिबढी सकारात्मक ढङ्गले सोचेको जानकारी गराउनुभएको छ । हामीले छेन्दुबाट भैरहवामा पनि सिधा उडानका लागि जोड दिएका छौँ ।”

Batas

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले नेपाल सरकारले लगानी प्रणालीमा उल्लेख्य सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवद्र्धन एवं संरक्षण गर्ने नीति लिएकाले नेपालमा लगानी गर्न आग्रह गरेका थिए ।

रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.