www.tandavnews.com
Fact ~ In search of truth

पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौँ

चान्द्रमासअनुसार साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।   यसवर्ष अधिकमास परेकाले भक्तजनको  चान्द्रमासअनुसारको पहिलो सोमबारदेखि नै भीड लागेको हो । साविकअनुसार बिहान ४ बजे पशुपतिनाथ मन्दिरका ढोका खोल्दा भक्तजनको भीड लागिसकेको  पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।
Batas
अहिले पनि पशुपति क्षेत्रमा पूजा, आराधना एवं दर्शनका लागि हजारौँ भक्तजन लामबद्ध छन् । पशुपतिसँगै देशभरका शिवालयमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । शिवालयमा विशेषगरी साउने सोमबारको व्रत लिने महिलाको भीड लागेको छ ।  राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवस्थानलगायत महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । यसवर्ष सौरमासअनुसार साउन १ गते सोमबार मात्र अधिकमास नपर्ने सोमबार रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.