www.tandavnews.com
Fact ~ In search of truth

यामाहा रे जेडआर ‘स्ट्रिट र्याली’ पोखरामा

पोखरा, ताण्डव न्यूज ।

विश्वकर्मा अटो वक्र्सले पहिलो पटक रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट ¥याली’ पोखरामा ल्याएको छ ।

विश्वमै प्रतिष्ठित यामाहाको मोडेलहरुबाट ‘स्ट्रिट ¥याली’ एडिसनको डिजाइन प्रभावित रहेको छ ।

Batas

आज (आइतबार) गरिएको पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेशका ट्राफिक प्रमुख बिरेन्द्र बस्याले पोखरामा स्कुटरको बढ्दो क्रेजसंगै ट्राफिक नियम बाारे सचेत हुनुपर्नेमा जोड दिए ।

विश्वकर्मा अटो वक्र्सका प्रबन्धक निर्देशक सरोज श्रेष्ठले स्ट्रिट ¥याली एडिसन पावर र स्टाइलको उत्कृष्ट समिश्रण रहेको बताए ।

‘अत्याधुनिक प्रविधि भएको स्टाइलिस स्कुटरले ग्राहकमा उत्साह थप्नेछ,’ उनले भने, ‘त्यसैले यामाहाको बढ्दो क्रेजलाई नयाँ स्कुटरले अझ उचाइमा पु¥याउने विश्वास गरेको छु ।’

आउँदै गरेको दशंै र तिहारको उपलक्ष्यमा ७ हजार देखि १ लाख सम्मको स्क्रयाच कुपन र हरेक हप्ता लक्की ड्र गरि आर थ्री मोटर साइकल पाउने विश्वकर्मा अटो वक्र्सका म्यानेजर पुकार न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा पश्चिमाञ्चल अटो मोवाइलका अध्यक्ष चन्द्र कुवँर, नेपाल पत्रकार महासंघका अध्यक्ष लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नयाँ रे जेडआर ‘स्ट्रिट ¥याली’ स्कुटर ११३ सीसी, ब्लु कोर इन्जिन उत्कृष्ट पिकअप र उत्कृष्ट माइलेजसंगै चालकको हातको सुरक्षाका लागि नकल गार्डको व्यवस्था गरिएको छ ।

थप स्पोर्टी र आकर्षक डिजाइनका लागि बोल्ड भाइजर साथै आकर्षक डिजाइन र पूर्ण आत्मविश्वासी बे्रकिङका लागि फ्रन्ट डिस्क ब्रेक एन्ड एलोई ह्विलको सेवा सुविधा रहेको छ ।

यामाहा रे जेडआर ‘स्ट्रिट ¥यालीको मूल्य रु २ लाख ८ हजार ९ सय पर्ने स्कुटर ¥याली रेड र रेसिङ ब्लु गरी दुई कलरमा उपलब्ध रहेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.