www.tandavnews.com
Fact ~ In search of truth

दुर्घटनाग्रस्त अवस्थामा भेटियो मनाङ एयरको हेलिकप्टर

सोलुखुम्बु ।

सम्पर्कविहीन मनाङ एयरको कलसाइन ९एन-एएमभी हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । हेलिकप्टर सोलुखुम्बुको लिखु पिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

सोलुखुम्बुबाट काठमाडौँका लागि आज विहान उडेको मनाङ एयरको हेलिकप्टर १० बजेर १ मिनेटमा लाम्जुरापास क्षेत्रबाटै टावरसँग सम्पर्कविहीन भएको थियो । हेलिकप्टरमा पाइलट क्याप्टेन चेतन गुरुङसहित पाँच मेक्सिकन नागरिक थिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

Batas

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.