www.tandavnews.com
Fact ~ In search of truth

मनाङ एयर अपडेट: क्याप्टेन गुरुङसहित सबैको मृत्यु

सोलुखुम्बु ।

मनाङ एयरको नाइन एन-एएमभी कलसाइनको हेलिकप्टरमा सवार सबैको मृत्यु भएको छ । आज विहान सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा पर्छ ।

दुर्घटनास्थलबाट ६ जनाको शव फेला परेको छ ।  हेलिकप्टरमा चालक दलका सदस्यबाहेक पाँचजना म्याक्सिकन नागरिक सवार थिए।  हेलिकप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए। हेलिकप्टरमा मेक्सिकन नागरिक सीफुन्ट जी फर्नाडो,रिनकोन स्मार,सीफुन्ट मारिया,गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका थिए।

Batas

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.