www.tandavnews.com
Fact ~ In search of truth

संयमित र मर्यादित भएर आचोलना गर्दिनुहोस् : सभापति लामिछाने

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन् ।
Batas
बूढानीलकण्ठ नगरपालिकामा आज आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गरे । उनले भने , “हामी गाली र आलोचना ग्रहण गर्न तयार छौँ, सप्रिने र सच्चिने यसरी नै हो । तर मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस् । ”
सभापति लामिछानेले रास्वपाका सांसद तथा नेताका अभिव्यक्तिको गलत व्याख्या नगर्न सञ्चारकर्मीसँग आग्रह गरे । रास्वपा अन्य राजनीतिक दलको प्रभावमा नपरेको उल्लेख गर्दै  उनले जनताको मुद्दामा निःस्वार्थ र निःसर्त रुपमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
“सरकारले भ्रष्टाचार विरोधी फाइल खोल्ने काम सुरु गरेको छ । फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र नबनोस्”, सभापति लामिछानेले भने, “हरेक कालखण्डमा भएका भ्रष्टाचारका मुद्दा सक्न सरकार तयार भए रास्वपाले साथ दिन्छ ।”
रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.