www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे-१ : शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण/नविकरण र मालपोत कर संकलन

पोखरा ।

माछापुच्छ्रे गाउँपालिका वडा नं १ कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरण तथा नविकरण र मालपोत कर संकलन शिविर गरेको छ । आइतबार वडामा आयोजित शिविरमा २७६ जनाले सामाजिक सुरक्षा भत्ता लिए भने सोही अवसरमा नविकरण समेत गरे ।

वडा कार्यालयले आव २०७९/०८०को चौथो त्रैमासिक वापतको सामाजिक सुरक्षा भत्ता शिविर मार्फत प्रदान गरेको हो । शिविरमा मालपोत तथा घरधुरी कर वापत २७ हजार ३ सय ५८ रुपैयाँ ६५ पैसा संकलन भएको कार्यालयले जनाएको छ ।

Batas

वडाबासीको सहजताका लागि आयोजना गरिएको शिविरमा मुक्तिनाथ विकास बैंक हेम्जा शाखा,टुसेस्थित माछापुच्छ्रे स्वास्थ्य चौकी, गाउँपालिकाका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखाका फिल्ड सहायक हेमन्तराज धिताल र सन्तोष अधिकारीले सहजिकरण गरेका थिए ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.