www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-३१की वृद्धालाई बलात्कार गरेको आरोपमा खैरेनीबाट पाण्डे पक्राउ

पोखरा
ताण्डव न्यूज ।

७० वर्षीया वुद्धालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कस्कीले रेवतीरमण पाण्डेलाई आज पक्राउ गरेको छ । बुधबार पोखरा–३१ नहरचोककी वृद्धालाई बलात्कार गरेको आरोप लागेको हो ।

एउटै घरमा बस्ने वृद्धाको कोठामा कोही नभएको मौका पारेर राक्सीले मातेर पाण्डे बलात्कार गरेको आफ्न्तको भनाई छ । घटना घटेपछि पाण्डे फरार थिए ।

Batas

कास्की प्रहरीले उनलाई आज खैरेनीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रवीन्द्रमान गुरुङले बताए । परिवारले जाहेरी दिन बाँकी रहेको उनले सुनाए ।

‘हामीलाई जानकारी आएसम्म करणीको कुरा छ,’ उनले भने, ‘स्वास्थ्य परिक्षण गर्न पठाएका छौ र परिवारले जाहेरी दिन आउँदैछन् ।’ थप अनुसन्धान भई रहेको डिएसपी गुरुङले बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.