www.tandavnews.com
Fact ~ In search of truth

पोखरा मणिपालमा ‘एक्सप्रेसन्स २०२३’को उत्साह

पोखरा
ताण्डव न्यूज ।

पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि आउनेहरुको संख्या अन्य अस्पतालमा भन्दा बढी नै छ । विशेषज्ञ डाक्टर, नर्स, अपग्रेडेड इक्युपमेन्ट अनि भौतिक संरचनाले सेवाग्राहीको विश्वासमा थप बल पुर्याएकै छ ।

सेवाग्राहीको सन्तुष्टि अर्थात् सफल उपचारका लागि पोखरा मणिपाल अब्बल मानिनुमा यहाँका डाक्टर, नर्स लगायतका कर्मचारीको योगदान महत्वपुर्ण छ । बिहानदेखि बेलुकासम्म वा सिफ्ट अनुसार डाक्टर एवं नर्सहरु खटिरहेकै हुन्छन् । बिरामीको अवस्थानुसार व्यवहार अनि परामर्श पनि गरिरहनु नै पर्छ । यहाँ अध्ययनरत विद्यार्थीहरु पनि निरन्तर तल्लीन भइरहेकै हुन्छन् ।

Batas

यसरी खटिइरहँदा रिफ्रेस हुने मौका कमै मिल्छ ।

सोही कुरालाई मध्यनजर गर्दै पोखरा मणिपालले हरेक वर्ष ‘एक्सप्रेसन्स’ कार्यक्रम गर्दै आएको छ । हरेक वर्ष निरन्तर चलिरहेको यस कार्यक्रम कोभिड कहरका बेला भने रोकिएको थियो । अहिले २०२३ बाट यसलाई पुनः निरन्तरता दिइएको छ । यहि साउन ६ गतेदेखि मणिपालमा ‘एक्सप्रेसन्स २०२३’ अन्तर्गत विविध कार्यक्रमहरु भइरहेका छन् ।

साउन ६ गते शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यक्रमको उद्घाटन गरेका थिए । मुख्यमन्त्री पाण्डेले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्दै निरन्तर अध्ययन र काममा केन्द्रित भइरहनेहरुलाई यस प्रकृतिको कार्यक्रमले प्रतिभा प्रस्फुटनसँगै रिफ्रेसमेन्टको अवसर हुने बताए । स्वास्थ्य क्षेत्रमा पोखरा मणिपालको योगदान अतुलनिय रहेको बताउँदै स्वास्थ्यसँगै थप सामाजिक गतिविधिहरुलाई पनि सँगसँगै अघि बढाउन आग्रह गरेका थिए ।

सो अवसरमा अस्पतालका निर्देशक डा. अभिषेक मास्केले उपस्थितलाई स्वागत गर्दै डाक्टर, नर्स, विद्यार्थी लगायतलाई कार्यक्रममा सक्रिय सहभागिताका लागि आग्रह गरेका थिए ।
अस्पताल सञ्चालक समितिका नारायणप्रसाद पौडेलले एक्सप्रेसन्स कार्यक्रमले निरन्तरता पाएको खुसी ब्यक्त गरे । उपचार, अध्ययनका लागि उत्कृष्ट गन्तब्य पोखरा मणिपाल बन्नुमा सबै पक्षको सहयोग रहेको जनाउँदै उनले आगामी दिनहरुमा अस्पताललाई थप व्यवस्थित बनाइने उल्लेख गरेका थिए ।

उद्घाटन समारोहमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत ओडुविलले उपस्थितहरुलाई धन्यवाद दिएका थिए ।

‘एक्सप्रेसन्स २०२३’ कार्यक्रमका कोर्डिनेटर डा. राहुल गोइतले स्पोर्टस्, कल्चर, फाइन आर्ट लगायतका सबै विधामा भएको उत्साहजनक सहभागिताले यसको प्रभावकारिता पुष्टि भएको औँल्याए ।

‘एक्सप्रेसन्स २०२३’ अन्तर्गत पोखरा मणिपालमा फुटबल, बास्केटबल क्रिकेट, ब्याडमिन्टन, चेस, भलिबल, म्याराथन, टेनिस, नृत्य, गायन, फेशन शो, फोटोग्राफी, डिबेट, कथा/कविता लेखन लगायतका विविध विधामा डाक्टर, नर्स, विद्यार्थी लागयतको उत्साहजनक सहभागिता रहेको अस्पतालका जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठले जानकारी दिए ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.