www.tandavnews.com
Fact ~ In search of truth

सृजनाचोकको ‘रोशन खाजा घर’मा यौन व्यवसाय, पक्राउ परिन् ‘पार्वती’

पोखरा
ताण्डव न्यूज ।

खाजा घरको आवरणमा यौन व्यवसाय सञ्चालन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा-८ सृजनाचोकस्थित ‘रोशन खाजा घर’ नाम राखेर यौन व्यवसाय सञ्चालन गर्दै आएकी ३७ वर्षिया पार्वती काराखेतीलाई प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा बिहिबार उक्त खाजा घरमा वडा प्रहरी कार्यालय बैदामको टोली पुगेको थियो । खाजा घरमा पुग्दा नाबालिक र बालिक महिलाहरु कामदारको रुपमा राखेर यौन व्यवसाय सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ ।

Batas

प्रहरीका अनुसार २ जना नाबालिक र एक जना १८ वर्षकी महिलालाई खाजा घरबाट उद्धार गरिएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उद्धार गरिएकाहरुले आफूहरुलाई सञ्चालक पार्वतीले जर्बजस्ती यौन कार्यमा संलग्न गरेको बताएको प्रहरीले उल्लेख गरेको छ ।

थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.