www.tandavnews.com
Fact ~ In search of truth

ग्यालेक्सी ‘जेड फ्लिप ५’ र ‘जेड फोल्ड ५’ पोखरामा सार्वजनिक

पाेखरा ।

सामसङ्गले ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ पोखरामा सार्वजनिक गरेको छ । आज एक कार्यक्रममार्फत ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ सार्वजनिक गरिएको हो ।

दुवै मोडलमा आइपिएक्स एट रेटिङ, आर्मर अलुमिनियम फ्रेमहरु, गुरिल्ला ग्लास भिक्टस, फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ । यसमा नयाँ एकीकृत हिन्ज मोडल जडित छ जसले बाह्य असरहरुलाई फैेलिन दिदैैन ।

Batas

लाइफ साइकल बढाउन हरेक उपकरण ५ वर्षको सेक्यूरिटि अपग्रेड र ४ पुस्ताको ओएस अपग्रेडको साथ उपलब्ध भएको कम्पनीले जनाएको छ ।

ग्यालेक्सी जेड फ्लिप ५ सेल्फ एक्सप्रेसनको लागि निर्मित पकेट साइजको मोडल हो । जसले स्टाइलिस, उत्कृष्ट फोल्डेबल अनुभव प्रदान गर्दछ । ग्यालेक्सी जेड फ्लिप मिन्ट, लाभेण्डर र कालो रङमा उपलब्ध छ । यो ८+ २५६ जिबिमा मात्र उपलब्ध छ । यसको मुल्य रु.१३९,९९९ तोकिएको छ ।

वाइड स्क्रीन र धेरै समय चल्ने ब्याट्री सहितको सबैभन्दा पातलो र हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ । ग्यालेक्सी जेड फोल्ड५ कालो र निलो रङमा उपलब्ध छ भने १२ जिबी मेमोरी सहितका २५६ जिबी र ५१२ जिबी स्टोरेजमा उपलब्ध छन् ।
ग्यालेक्सी जेड फोल्ड५ १२ं२५६ जिबि को मुल्य रु.२२६,९९९÷ र ग्यालेक्सी जेड फोल्ड५ १२ं५१२ जिबि को मुल्य रु.२३९,९९९÷ कायम गरिएको छ ।

यी मोडलहरुको प्रि-अर्डर साउन २२ गतेदेखि नै शुरु भइसकेको छ । यसका साथै हरेक फोल्डेबल डिभाइसको प्रि–अर्डरमा ग्राहकहरुले रु.२५,००० सम्मको आकर्षक उपहारहरु पनि रोज्न सक्नेछन् ।

यसका साथै ग्राहकहरुले सामसङ्ग इन्स्टा फाइनान्स प्रयोग गरी शुन्य प्रतिशत ब्याजमा प्रति महिना रु.७,००० सम्मको न्यूनतम इएमआइ तिरेर फोन किन्न सक्नेछन् । सामसङ इन्स्टा फाइनान्स २२ वटा सामसङ एक्स्पेरियस् स्टोरको साथै देश भरिका २०० भन्दा बढी पसलहरुमा उपलब्ध छ ।

यसैगरी आफ्नो फोन अपग्रेड गर्न चाहना हुने ग्राहकहरुको लागि एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइएको छ । सामसङ्गले आफ्ना ग्राहकहरुका लागि एक पटकको ब्रेकेज इनसुरेंस र प्रोटेक्टिभ फिल्म रिप्लेस्मेन्ट पनि एक वर्षको लागि उपलब्ध गराएको छ ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.