www.tandavnews.com
Fact ~ In search of truth

साढे ४ लाखको जुवा खालबाट पक्राउ परे घरपझोङ गाउँपालिका अध्यक्ष लालचन, छुटाउन काँग्रेस नेताहरुको दबाब

पोखरा ।

पोखराबाट जुवा खेल्दै गरेका मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् । पोखरा महानगरपालिका ८ सिर्जनाचोक स्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित ७ जना पुरुषलाई बिहीबार वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो ।

जुवाखालबाट प्रहरीले ४ लाख ४७ हजार ८० रुपैयाँ बरामद गरिएका वडा प्रहरी कार्यालय बैदामका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । बिहीबार पक्राउपछि अध्यक्ष लालचनले आफ्नो नाम मोहन थकाली भनेर झक्काएका प्रहरी स्राेतले जनायाे । उनिसहित मुस्ताङ घोरपझोङका ५७ वर्षीयका ईन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचनलाई पक्राउ परेका छन् । उनीहरु शुक्रबार म्याद थप गरी थप अनुसन्धान गरिने डीएसपी जोशीले बताए ।

Batas

उनलाई छुटाउन कास्कीका काँग्रेस नेताहरु लागेका स्रोतले बतायो । ‘हिजो पक्राउ परेका लालचनलाई छुटाउन गण्डकीका पुर्व मन्त्रीहरु, काँग्रेसका नेताहरु लागि परेका छन् ।’ स्रोतले भन्यो

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.