www.tandavnews.com
Fact ~ In search of truth

सामान्य विवादमा कुटपिट गरी साथिको हत्या

लुम्बिनी ।
स्थानीय युवाहरु बीच सामान्य विवाद हुँदा कुटपिट एकजना युवकको हत्या भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको साथीहरुको कुटपिटबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
Batas
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार स्थानीय युवाबीच विवाद बढ्दै जाँदा हिजो राति साढे १२ः३० बजेको समयमा युवकमाथि कुटपिट भएको थियो । गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा राति १ः४५ बजे मृत्यु भएको प्रहरी निरीक्षक चन्दले जानकारी दिए ।
तिजको दर खाएर राति महिला नाचिरहेका बेला युवाहरुबीच विवाद भएको थियो । त्यही विषयलाई लिएर भएको झगडाले उग्ररुप लिएपछि खत्रीमाथि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले जानकारी दिए ।
हत्याको आरोपमा चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर प्रहरीले थप विवरण खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।

रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.