पोखरा
ताण्डव न्यूज ।
अनुप गुरुङ निर्देशित म्युजिक भिडियो सार्वजनिक भएको छ । गुरुङद्वारा निर्देशित ‘द इन्फ्लेम ब्याण्ड’को गीत ‘साथी’को म्युजिक भिडियो सार्वजनिक भएको हाे ।
भिडियोमा रोहन नेपाली, स्वेता मिश्र र विपिन श्रेष्ठकोे अभिनय छ । जिवनको कालखण्डमा आइपर्ने विविध अवस्थाहरुमा साथिको भूमिका र महत्वबारे भिडियोमा देखाउन प्रयास गरिएको निर्देशक गुरुङले बताए ।

सन्दीप तिवारीले छायाँकन गरेको भिडियाेमा निर्देशक गुरुङकै कथा रहेको छ भने सम्पादन गुरुङ स्वयं र तिवारीले गरेका हुन् ।
गीतमा द इन्फ्लेम ब्याण्डका अनिस नेपालीको शब्द, प्रवेश गायकको स्वर छ भने गितारमा रेउवन जलारी, ड्रममा सुनिल परियार, बेसमा रोहन रोका मगर र बाँसुरीमा सुदीप गायक रहेका छन् ।
हेर्नुहाेस् गीत
© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.