www.tandavnews.com
Fact ~ In search of truth

युवा संघ कास्कीले इजरायल घटनाका सम्बन्धमा सरकारलाई ज्ञापन पत्र बुझायो

पोखरा ।

नेकपा (एमाले)को जनवर्गिय संगठन युवा संघ नेपाल कास्कीले हालै इजरायल र हमासबिचकाे लडाइको चपेटामा परि मृत्यु हुने र घाइते एवं बन्धक बन्न बाध्य नेपालीहरूको छिटोभन्दा छिटो उद्दारको माग राख्दै जिल्ला प्रशासन कार्यालय कास्की मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

युवा संघ कास्कीका अध्यक्ष पान बहादुर जिसिको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गा बहादुर क्षेत्रीलाइ ज्ञापनपत्र बुझाउदै घाइते र पीडितहरूको तत्काल उद्दार गरि सकुशल नेपाल ल्याउने पहल गर्न आग्रह गरिएकाे छ ।

Batas

अध्यक्ष जि.सले कास्किका युवाहरू समेत उक्त घट्नामा परेको भन्दै यथाशीघ्र जीवन रक्षाका लागि अपिल गरे।

सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले उद्दारका निम्ति सक्रियताका साथ नेपाल सरकार लागि परेको जानकारी दिए ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.