www.tandavnews.com
Fact ~ In search of truth

‘मिटर ब्याजे’ प्रविण काण्डः अर्को पीडित पनि आए मिडियामा

पोखरा
ताण्डव न्यूज ।

‘मिटर ब्याजे’को आरोप लागेका पोखरा पृथ्वी चोकका प्रविण कुमार श्रेष्ठले अर्को एक जना व्यक्तिलाई पनि मिटर ब्याजको जालोमा पारेको आरोप लागेको छ ।

पोखरा–५ पस्र्याङ चिल्डे«न पार्ककी स्व.गंगा केसीलाई मिटर ब्याजको जालीमा पारी घर खाइदिएको आरोप लागेका श्रेष्ठले अर्को व्यक्तिलाई पनि ३ बर्षमा दिएको रकम भन्दा दोब्बर रकम ब्याज लिएको आरोप लागेको हो ।
‘मिटर ब्याजे’ प्रविणको ताण्डव न्यूजमा समाचार आएपछि आफ्नो पीडा पोख्न पोखरा–१ बगरका एक व्यापारी ताण्डव न्यूज आए । ‘मलाई पनि यसरी नै फसाएर ३ बर्षमा सावाँ भन्दा बढि ब्याज लिएर चेक समेत उजुरी हालेको थियो,’ नाम नबताउने सर्तमा उनले भेन, ‘मेरो केश त केही महिना अघि मिल्यो, तर अहिले पनि चित्त बुझेको छैन् ।’

Batas

उनका अनुसार ४५ लाख सावाँको ३ बर्षमा १ करोड १ हजार रकम प्रविणलाई बुझाए । ‘मैले जम्मा ४५ लाख लिएको हो, बेलाबेलामा ब्याज दिए तर प्रविण फटाह नियत भएको मान्छे प¥यो मलाई फसायो,’ उनले भने, ‘ब्याज लिने बेला आफु काठमाण्डौ छु भन्ने नगद माग्ने, बैंक सकेसम्म कारोवार गर्न नखोज्ने अनि विभिन्न ब्यक्तीको नाममा चेक काट्न लागाउने । रकम फिर्ता गरेपछि पुरानो चेक फिर्ता नगर्ने अनि मिटर ब्याज दिन छोडेपछि त्यही चेक र प्रहरीको सेटिङमा दुख दिने गर्छ ।’

आफुले मिटर ब्याज दिएर मात्र नभई फटाइ गरेर चेक समेत लगेको उनले सुनाए । ‘मैले ४५ लाखको विभिन्न व्यक्ति र चेक गरेर ६१ लाख र हाते रकम २० लाख गरि ८१ लाख दिएको थिए,’ उनले भने, ‘त्यसमाथी त्यो फटाह प्रविणले मेरो घरमा गएर ८० बर्षका बुवाबाट २० लाखको चेक लियो । त्यसो गरेपछि मैले त्यो बेला कास्की प्रहरी र जिल्ला प्रशासन कार्यालयमा उजुरी पनि दिए । प्रविणको सेटिङ सबै ठाँउमा छ । अनि मेरो ८० बर्षको बा र ७८ बर्षकी आमालाई प्रहरीले फोन हान्दै धम्की दिन थाले । २०८० जेष्ठ ५ गते मैले जिल्ल प्रशासनमा उजुरी समेत दिएको थिए । म उल्टो बाध्य भएर त्यो २० लाख बुझाएर चेक फिर्ता लिई मिलापत्र गर्नु प¥यो । मैले १ करोड १ हजार तिरेर अहिले उम्किए । म जस्तै अरुलाई पनि यसले रुवाएको छ ।’

प्रविणले आफु जस्तै अन्य धेरैलाई यसरी ठगी गरेको आरोप उनले लगाए । ‘अहिले मिडियामा यो फटाहको समाचार आयो अब अझै पीडित खुल्दै आउने छन्,’ उनले थपे, ‘यस पहिला मान्छेलाई फकाएर इमोस्नल ब्लक मेल गर्छ । अनि चेक माग्छ, रकम दिएपछि पनि चेक पछि दिन्छु भनेर सबै चेक लिएर बस्छ । प्रहरीकहाँ केही पुलिससँग सेटिङ छ अनि त्यो मान्छेलाई परिवन्दमा पारेर रकम लुट्ने काम गर्छ ।’

सम्बन्धित न्यूज

‘मिटर ब्याजे प्रविण ! पीडितका भाई भन्छन् ‘दिदी पनि बितिन्, घर पनि खाइदियो’

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.