www.tandavnews.com
Fact ~ In search of truth

भारतमा कोरोना संक्रमितको कूल संख्या ३ करोड ४२ लाख ४६ हजार १ सय ५७ पुग्यो

नयाँ दिल्ली, सिन्ह्वा

भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका संक्रमति थपिएपछि कूल संक्रमितको संख्या ३ करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधीका कोरोना संक्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कूल संख्या ४ लाख ५७ हजार १९१ पुगेको छ । एकै दिनमा कोरोनाबाट ज्यान गुमाएका यी व्यक्तिहरुमा ७०८ जना केरला राज्यका रहेका छन् ।

हाल भारतमा १ लाख ६१ हजार ३३४ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा कोरोना शुरु भएदेखि ३ करोड ३६ लाख २७ हजार ६३२ जना व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ मात्र १३ हजार १९८ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ ।

Batas

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.