www.tandavnews.com
Fact ~ In search of truth

सांसद तुलसा थापाद्वारा दश लाखको अक्षयकोष

दमौली ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ एवं प्रतिनिधिसभा सदस्य तुलसा थापाले आफ्नो माइतीगाउँको विद्यालयमा दश लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमसँग विवाह गरेपछि दोस्रोपटक माइतीगाउँ तनहुँको देवघाट गाउँपालिका–२ बैदी आएकी उनले कालीगङ्गा माध्यमिक विद्यालयमा दश लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् । ।

थापाले बुबा पहलसिंह र आमा भीमकुमारीको स्मृतिमा पहलसिंह–भीमकुमारी स्मृति अक्षयकोष स्थापनाको घोषणा गरेका हुन्। अक्षयकोष वापतको रकम विधान तयार गरेर दर्ता गरेपछि विद्यालयलाई हस्तान्तरण गरिने विद्यालयका प्रधानाध्यापक छविलाल क्षेत्रीले जानकारी दिए ।

अक्षयकोषको व्याजबाट आगामी शैक्षिकसत्रको शुरुआतमा कक्षा १ मा अध्ययन गर्ने गरीब तथा जेहेन्दार एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ । ती दुई छात्रछात्रा कक्षा १० उत्तीर्ण नगरेसम्म नियमित रूपमा उनीहरुको पढाइ, विद्यालय पोशाक, पाठ्यपुस्तक, कापी कलमलगायत सबै शैक्षिक सामग्री सोही अक्षयकोषको व्याजबाट उपलब्ध गराइने प्रधानाध्यापक क्षेत्रीले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop