www.tandavnews.com
Fact ~ In search of truth

आफ्नै छोरीलाई जबरजस्तीकरणी गर्ने ३९ वर्षीय पुरुष पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा आफ्नै छोरीलाई जबरजस्तीकरणी गर्ने बुवा पक्राउ परेका छन् ।

अनेकौं बहानामा विगत केही वर्षदेखी १३ वर्षे नाबालिग छोरीलाई जबरजस्तीकरणी गर्ने ३९ वर्षीय पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

पछिल्लो समय मंसिर ६ गते छोरीलाई होटलमा लगी जबरजस्ती अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा मंसिर ९ गते जबरजस्ती गर्ने बुबालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.