www.tandavnews.com
Fact ~ In search of truth

रोटरी पोखरा प्याराडाइजद्धारा अमरज्योतिका छात्राहरुलाई रि-युजेबल सेनेटरी प्याड वितरण

पोखरा ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-२ स्थित अमरज्योति माध्यमिक विद्यालयका छात्राहरुलाई पुनः प्रयोग गर्न मिल्ने (रि-युजेबल) सेनेटरी प्याड वितरण गरिएको छ । रोटरी क्लब अफ पोखरा प्यााराडाइजले शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै छात्राहरुलाई रि-युजेबल सेनेटरी प्याडबारे सचेतनासँगै प्याड वितरण पनि गरेको हो ।

Batas

उक्त प्याड उपलब्ध गराएको संस्था डेज फर गल्र्सकी अ‍ेष्ट्रेलियन टिम लिडर डायना बर्स र डेज फर गल्र्स लमजुङकी अनिता गुरुङले कार्यक्रममा सहजिकरण गरेका थिए ।

कार्यक्रममा क्लबका सर्भिस कमिटि चेयर दीपक गुरुङले उपस्थित छात्राहरुलाई रि युजेबल प्याडको प्रयोग, फाइदा र गुणस्तरीयताबारे जानकारी गराएका थिए । कार्यक्रममा उपस्थित ७० जना छात्रा र कार्यालय सहयोगी एवं शिक्षिकाहरुलाई प्याड प्रदान गरिएको उनले बताए ।

सो अवसरमा क्लबका तर्फबाट भोकेस्नल चेयर सञ्जय पराजुली, पब्लिक इमेज चेयर/जोइन्ट सेक्रेटरी जसु गुरुङ र स्थानीयवासी क्याप्टेन टेक बहादुर गुरुङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, वडाध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.