www.tandavnews.com
Fact ~ In search of truth

शिक्षा दिवस २०८० : माछापुच्छ्रेमा सम्मान तथा प्रोत्साहन कार्यक्रम सम्पन्न

पाेखरा ।

माछापुच्छ्रे गाउँपालिकाले विद्यालय, शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिलाई सम्मान तथा प्रोत्साहन कार्यक्रम सम्पन्न गरेकोे छ । राष्ट्रिय शिक्षा दिवस २०८०को अवसरमा गाउँपालिकाले सम्मान तथा प्रोत्साहन कार्यक्रम आयोजना गरेको हो ।

हरेक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रमसहित मनाइने गरिएकोमा यसपटक शिक्षकहरुको आन्दोलनका कारण हुन नसकेकाले सोमबार कार्यक्रम आयोजना गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सम्झना पोखरेलले जानकारी दिइन् ।

Batas

सो अवसरमा बाराही आधारभूत विद्यालय (माछापुच्छ्रे २), देउराली आधारभूत विद्यालय (माछापुच्छ्रे ), देउराली आधारभूत विद्यालय (माछापुच्छ्रे ४), भूमेश्वर आधारभूत विद्यालय (माछापुच्छ्रे ६), माछापुच्छ्रे मावि (माछापुच्छ्रे २) र निष्पक्ष मावि (माछापुच्छ्रे ५) सम्मानित भएका छन् ।

माछापुच्छ्रे-४ लाहाचोकस्थित महेन्द्र माविको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिकाले विभिन्न विद्यालयका शिक्षक/शिक्षिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कर्मचारी, इसिडी सहजकर्ता लगायतलाई कार्य मुल्यांकनका आधारमा पुरस्कृत समेत गरेको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङ, उपाध्यक्ष सिता अधिकारी, वडाध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.