www.tandavnews.com
Fact ~ In search of truth

अपडेट :सिन्धुपाल्चोक मेलम्ची पहिरोमा बेपत्ता ८ मध्ये ३ को शव भेटियो

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परी बेपत्ता भएको ८ जना मध्ये ३ जनाको शव भेटिएको छ ।

मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जना वेपत्ता भएका थिए ।

Batas

आज (सोमबार) बिहान २ बजेतिर गैह्रीबजारको केही भाग भासिएर बन्दै गरेको कभर्ड हल पुरिँदा बेपत्ता भएकामध्ये ३ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

७ जना नेपाली र एक भारतीय नागरिक गरी ८ जना बेपत्ता भएका हुन । उनीहरु कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको प्रहरीले जानकारी दिएको छ । बेपत्ता नेपालीहरु पर्साका रहेको भन्ने बुझिएको प्रहरीले बताएको छ ।

पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको उनले बताए । अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय मिलेर बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.