www.tandavnews.com
Fact ~ In search of truth

‘महिलाको पैसामा पत्रकार राजेन्द्रको बार्गेनिङ ! यस्तो छ घटनाक्रम’

पोखरा
ताण्डव न्यूज ।

विशेषगरी ब्यक्तिगत रिस साँध्दै पोखराकोे पत्रकारिता धमिल्याउने राजेन्द्र अधिकारीले एक महिलाको रकम सहकारीबाट निकाल्ने ठेक्का लिएका थिए । डन न्यूजका कथित सम्पादक राजेन्द्र अधिकारीले मित्र मिलन सहकारीमा निक्षेप रहेको एक महिलाको पैसा उठाउने ठेक्का लिएका थिए ।

पोखरा–५ मालेपाटन बस्ने ति महिलाको १० लाख रुपैयाँ उठाउन राजेन्द्रले सहकारीका अध्यक्ष रमण पौडेल लगायत समितिका अन्य पदाधिकारीलाई विगत केही महिनादेखि तारन्तार फोन हाने । कल डिटेल ताण्डव न्यूजसँग सुरक्षित छ ।

Batas

राजेन्द्रले ति महिलाकोे पैसा नदिए समाचार प्रकाशन गर्ने भन्दैै बार्गेनिङ गरेका थिए । कहिले भेटेर त कहिले फोनबाट ‘ति महिलाकोे मात्रै पैसा मिलाइदेऊ अरुको मतलब भएन’ भन्दै धम्क्याउने गर्थे । यदी नियत सही भएकोे भए राजेन्द्रले सोेही बेला समाचार प्रकाशन गर्नुपर्ने थियो ।

सहकारीका निक्षेप कर्ता सबै बराबर हुन तर राजेन्द्रले किन ति महिलाको लागि बार्गेनिङ गरे प्रश्नको विषय बन्यो । एउटा मिडियाले सबैको आवाज उठाउनु पर्नेमा एक महिलाको पक्षमा मात्र केन्द्रित हुनु नियत माथी खोट देखिएको स्रोतको भनाई छ । ‘ति महिला न त राजेन्द्रका नातेदार नै हुन्, न त छिमेकी । तर पनि पत्रकार राजेन्द्र उनकोे पैसा उठाउन मरेर लागेका थिए । पत्रकारले त एउटा महिलाकोे मात्रै होइन, सबैकोे आवाज उठाउनु पर्ने होेइन र ?’ स्रोतले प्रश्न ग¥यो ।

पत्रकारिताको नाममा बार्गेनिङ गर्न नहुने भन्दै ताण्डव न्यूजले राजेन्द्रले गरेको कर्तुतको प्रमाण जुटाउन लागि पर्योे । यस अघि पनि पत्रकार राजेन्द्र विभिन्न अपराधिक गतिवितिमा संलग्न भएर प्रहरी खोरमा पुगेका व्यक्ति हुन् । साथै उनी विरुद्ध एउटा जघन्य मुद्धा लागेको र प्रहरीले अहिलेसम्म पनि पक्राउ नगरेको रहस्य खुल्न आएको छ । जसको प्रमाण ताण्डव न्यूजले खोजि रहेको छ ।

ताण्डव न्यूजले राजेन्द्र विरुद्ध प्रमाण खोजेको सुइको पाएपछि डरले पत्रकार राजेन्द्र अधिकारीले नियोजित रुपमा ताण्डव न्यूजका सम्पादकलाई जोडेर गलत समाचार सम्प्रेषण गरेका हुन् । पोखराबाट कहिलेकाँही अपडेट हुने डन न्यूजले नियोजित रुपमा शुक्रबाट विहान समाचार हालेको थियो । विगतमा पनि राजेन्द्रले रिसिइवि साँध्न पोखराका अग्रज पत्रकार रामकृष्ण ज्ञवाली लगायत अन्य व्यवसायीमाथी गलत समाचार प्रकाशन गर्दै आएका थिए । विशेष गरि रामकृष्णसँग नजिक भएका र एमाले पार्टी निकट व्यक्तिहरुलाई लक्षित गरि पत्रकार राजेन्द्रले पत्रकारिताको दुरुपयोग गर्दै आएका छन् ।

पत्रकारिताको ज्ञान नभएका मान्छेको हातमा कलम परेपछि राम्रो अपेक्षा गर्न नमिल्ने ताण्डव न्यूजका सम्पादक अर्जुन गिरीले बताए । ‘न ज्ञान छ, न त बुद्धि, यस्तो मान्छेले समाचार लेखेको समाजले कसरी पत्याउँछ ?,’ सम्पादक गिरीले भने, ‘म विरुद्ध राजेन्द्र पहिलेदेखिनै पछि लागेको थियो, यो सहकारीको नियोजित घटना मात्र होइन अन्य धेरै छन ।’ आफुले रकम दिएको घर अनावश्यक रुपमा जोेडेर रिस साँध्ने काम गरेको गिरीको भनाई थियो । त्यति मात्र होइन यस अघि राजेन्द्रले गरेको गलत कामको विरोध गरेको हुनाले त्यो रिसपनि साधेको गिरीले बताए । ‘केही वर्ष अघि राजेन्द्रले रामकृष्ण ज्ञवाली माथी मलामी जाने क्रममा गुण्डा शैलिमा कुटपिट गरे, त्यो विषयमा म पनि प्रहरी कहाँ ज्ञवाली सरकै पक्षमा साक्षीको रुपमा गएको थिएँ,’ उनले भने, ‘राजेन्द्रलाई प्रहरीले त्यही मुद्दामा थुन्यो, त्यो वेला रिसले चुर राजेन्द्रले केही पत्रकारलाई अर्जुन गिरीलाई फसाउनु प¥यो भन्दै हिँडेका थिए ।’

यस्ता धेरै घटना रहेको जस मध्ये सहकारीको पैसा उठाइदिने भन्दै बार्गेनिङ गरेको कुरा थाहा पाएपछि नियोजित रुपमा समाचार प्रकाशन गरेको गिरीको भनाई छ । ‘हुन त सहकारीले सबै बचत कर्ताको जिम्मा लिनु पर्छ, यसमा कुनै दुई मत छैन्,’ गिरीले भने, ‘तर राजेन्द्रले एक जना महिलाको रकमलाई मात्र किन प्रथामिकता दिए । यस विषयमा ति महिलासँग बुझ्न प¥यो कतै राजेन्द्रले पैसा मागेको त छैन भन्दै एक पत्रकार सम्मेलनमा मैले बोलेको थिए । त्यही कुरा थाहा पाएपछि आफु चोखिन राजेन्द्रले रातारात नियोजित रुपमा समाचार हाले ।’ यो देशमा नागरिकले सम्पती किनबेच गर्ने अधिकार सबैलाई दिएको छ । ‘मैले व्यक्तिसँग लिएको घर हो,’ उनले भने, ‘राजेन्द्रले केही नपाएपछि रिसले चुर भएर अनावश्यकमा मेरो नाम जोडे ।’

अपराधिक गतिविधिमा संलग्न राजेन्द्रलाई विगत देखि हालसम्म व्यवसायी सिरोज कोइरालाले संरक्षण दिँदै आएका छन् । राजेन्द्रको धन्दामा केही पार्टीका मान्छेपनि जोडिएका छन् । पटक पटक प्रहरीमा थुनिदा निकाल्ने जिम्मा यिनै कोइरालाको हो ।

सम्पादक गिरीले थपे,‘त्यति मात्र होइन राजेन्द्रले गरेका कुर्तुतमा संलग्न रहेका व्यवसायीहरुले मापदण्ड विपरित गरेका कामको खुलासा पनि ताण्डव न्यूजले गर्दैछ । समाजमा गलत काम गर्ने पत्रकार राजेन्द्र एण्ड कम्पनीको पर्दा फास हुने डरले अझै अनेक षडयन्त्र रच्दैछ । यि माफियाको चन्दा असुली, ठेक्का पट्टा, बार्गेनिङ जस्ता गलत कदम विरुद्ध शिलशिलावद्ध रुपमा समाचार आउने छ ।’

यस विषयमा बुझ्न ताण्डव न्यूजले पत्रकार राजेन्द्रलाई ३ पटक फोेन गर्दा समेत फोन उठाएनन् ।

 

© 2023 – 2024, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.