www.tandavnews.com
Fact ~ In search of truth

शौचालयको झ्यालबाट भागेका अभियुक्त पक्राउ

दाङ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणका क्रममा शौचालयबाट भागेका अभियुक्त पुनः पक्राउ परेका छन् ।
Batas
घोराही उपमहानगरपालिका–१७ चौघेरा घर भई हाल घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्क बस्ने करिब १८ वर्षीय विवेक नेपाली प्रतिष्ठानको शौचालयको झ्यालबाट भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।
आज बिहान करिब ११ बजेतिर शौचालयको झ्यालबाट भागेपछि लगत्तै प्रहरीले चौतर्फी घेरा हालेर प्रतिष्ठान नजिकै रहेको निमा हल पछाडीबाट उनलाई नियन्त्रणमा लिइएको हो ।
नेपालीले आफू अस्वस्थ रहेको बताएपछि प्रहरीले जचाउन लगेको थियो । त्यस क्रममा शौचालय जाने बहाना बनाएर भाग्न खोजेका नेपालीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मल्लले  बताए ।
मोबाइल चोरी गरेको अभियोगमा तीन दिनअघि पक्राउ परेका नेपाली यसअघि पनि पटक पटक चोरी गरेको अभियोगमा परेका थिए ।
रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.